birat ribon

स्वास्थ्य मन्त्रालयले भन्यो : सूचना प्रणालीमा नाम दर्ता नभएका कारण खोप लिनबाट बञ्चित नगर्नू

Neuro
स्वास्थ्य मन्त्रालयले भन्यो : सूचना प्रणालीमा नाम दर्ता नभएका कारण खोप लिनबाट बञ्चित नगर्नू

काठमाडौँ / स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा परेका व्यक्तिको नाम दर्ता नभएका कारण खोप लिनबाट बञ्चित नगर्न सम्बन्धित खोप केन्द्रलाई सूचित गरेको छ ।

बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सूचना प्रणालीमा दर्ता नभएकालाई खोप सेवाबाट बञ्चित हुन नदिन सूचित गरेको हो ।

cura insider

मन्त्रालयले सम्बन्धित स्वास्थ्य परिषद् तथा मेडिकल काउन्सिललगायतको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएका व्यक्तिलाई सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था गर्न जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरसविरुद्धको खोप आजसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले लगाएका छन् ।

१० दिने खोप अभियानको पहिलो चरणमा मुख्य प्राथमिकतामा परेका व्यक्तिहरूलाई खोप लगाइएको छ ।

jackson ribon