birat ribon

आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा (भिडियोसहित)

Neuro
आकाशले अर्काे जीवनसाथी खोज भन्दा रोइन् पूजा (भिडियोसहित)

काठमाडौँ / गायिका अञ्जु पन्तको आवाज रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द छ ।

मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ । गीतमा सङ्गीत सन्तोष श्रेष्ठले भरेका हुन् भने विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

cura insider

भिडियो निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा आकाश र पूजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् ।

गीतमार्फत् गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अघि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । भिडियोमा पनि यस्तै कथा बुनिएको छ । निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ ।

jackson ribon