birat ribon

बाल्यकालमा देखिने क्यान्सर सामान्य प्रकारका

Neuro
बाल्यकालमा देखिने क्यान्सर सामान्य प्रकारका

विराटनगर / क्यान्सर सबभन्दा छिटो बढिरहेको नसर्ने रोगमध्ये एक हो । क्यान्सर हरेक उमेरमा हुनसक्छ ।

बालपनको क्यान्सर, डरलाग्दो भए पनि समयमा पहिचान गर्न सके उपचारयोग्य हुन्छन् । लगभग ८० प्रतिशत बाल्यकालको क्यान्सर उपचारयोग्य छन् । तर, सचेतनाको कमीका कारण धेरै बच्चाहरूको राम्रो निदान हुँदैन । बच्चाहरूलाई असर गर्ने क्यान्सरको प्रकार वयस्कहरूलाई असर गर्ने भन्दा फरक हुन्छ । वयस्कमा हुने क्यान्सरभन्दा बाल्यकालको क्यान्सरका लक्षणहरू पनि फरक हुन्छन् ।

cura insider

जीवनशैली वा वातावरणीय कारकभन्दा फरक, यो प्रारम्भिक डिएनए परिवर्तन हुन्छ जसले बच्चाहरूमा क्यान्सर निम्त्याउँछ ।

रक्त क्यान्सर वा ल्युकेमिया : क्यान्सरले पीडित झन्डै ३० प्रतिशत बच्चा ल्युकेमियाबाट ग्रस्त हुन्छन् । जसलाई बोनम्यारोको विकारको रूपमा वर्गीकृत गरिएको छ । जसमा रगतको साटो अनावश्यक सेतो रक्तकोष वा लिम्फोब्लास्ट शरीरमा उत्पादन हुन्छ । ल्युकेमियाका लक्षण छालाको रूप परिवर्तन भई सङ्क्रमणको रूपमा देखा पर्न सक्छ । यो सेतो रक्त कोषहरूको असामान्य उत्पादनका कारण हुन्छ ।

छालाको रङ फिक्का हुने, कमजोर प्रतिरक्षा, पटक–पटक ज्वरो आउने, रक्तअल्पता, अल्छीपन, रक्तस्राव, प्लेटलेटको सङ्ख्या कम भएमा, हड्डी दुखाइ, जोर्नी सुन्निने ल्युकेमियाका लक्षण हुन् । ल्युकेमियाका केही अन्य लक्षणमा बान्ता, वाकवाकी, आँखामा दाग, टाउको दुख्ने हुनसक्छ ।

ब्रेन ट्यूमर : ब्रेन ट्यूमर क्यान्सरको दोस्रो सबैभन्दा सामान्य रूप हो, जसको २० प्रतिशत भन्दा बढी केस देखा पर्छ । ब्रेन ट्यूमरका लक्षण र सङ्केत ट्युमरको उपस्थिति वा सेरेब्रोस्पाइनल तरल पदार्थको प्रसारमा निर्भर गर्छ, जसले समस्या निम्त्याउँछ । टाउको दुखाइ सङ्क्रमणको सबैभन्दा खास लक्षणमध्ये एक हो ।

केही बच्चामा विशेषगरी बिहान लगातार वाकवाकीको समस्या हुनसक्छ ।

लिम्फोमा : लिम्फोमा वा लिम्फ नोड्स र ग्रन्थीहरूको क्यान्सर बच्चाहरूमा देखापर्ने सामान्य प्रकारको क्यान्सर हो । यो प्रायजसो घाँटी वा शरीरको अन्य भागमा सुजन वा गाँठोको रूपमा देखिन्छ । बान्ता, पेटमा सुजन, शौच गर्न गाह्रो हुनु वा आन्द्राको दुखाइ लिम्फोमाका अन्य लक्षण हुन सक्छन् ।

न्युरोब्लास्टोमा : बच्चाहरूलाई असर गर्ने क्यान्सरको अर्को सामान्य प्रकार न्युरोब्लास्टोमा पनि हो । न्युरोब्लास्टोमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो जुन पाँच वर्षभन्दा मुनिका बच्चाहरूमा देखिन्छ । न्युरोब्लास्टोमाको लक्षण सामान्यतया कडा वस्तुको रूपमा पेटमा देखा पर्छ । बच्चा चिढचिढ भएको महसुस भएमा, उमेरको आधारमा असामान्य रक्तचाप भएमा, अपच न्युरोब्लास्टोमाको सबैभन्दा साधारण सङ्केत हुन् ।

विल्म ट्यूमर : विल्मको ट्यूमर वा मृगौलाको क्यान्सर बच्चामा सामान्यतया देखिने अर्को क्यान्सर हो । यसका कुनै विशिष्ट सङ्केतहरू छैनन् । बच्चाले मूत्र वा मलमा रगत देखापरे तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ ।

रेटिनोब्लास्टोमा : रेटिनोब्लास्टोमा क्यान्सरको अर्को सामान्य प्रकार हो जसले बच्चाहरूलाई असर पार्छ । बच्चाको फोटो फ्ल्यास प्रयोग गरेर खिच्दा पनि रोग पहिचान गर्न सकिन्छ । यदि बच्चाको फोटोमा सेतो फ्ल्याक्स वा केही असामान्य कुरा भेट्टाइएमा यसलाई क्यान्सरको सङ्केतको रूपमा लिइन्छ । प्रारम्भिक निदान गरेर रेटिनोब्लास्टोमा भएको पत्ता लागेमा यसको उपचार सम्भव छ र उपचारपछि छिटो निको पनि हुन सकिन्छ । यदि आँखामा ट्यूमर फैलियो भने यसले जटिलता निम्त्याउन सक्छ र पूर्ण उपचार गर्न गाह्रोसमेत हुनसक्छ ।

jackson ribon