birat ribon

आज थप एक सय ७१ जनामा कोरोना पुष्टि

Neuro
आज थप एक सय ७१ जनामा कोरोना पुष्टि

विराटनगर । देशभर बिहीबार थप एक सय ७१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ७१ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार छ सय दुई पुगेको छ ।

cura insider

नेपालमा आज थप दुई सय २७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ ।

हाल दुई हजार दुई सय ७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ ।

jackson ribon