birat ribon

फाइभजीमा जान नेपाल टेलिकमलाई मन्त्रीको आग्रह

Neuro
फाइभजीमा जान नेपाल टेलिकमलाई मन्त्रीको आग्रह

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवाको तयारी गर्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले फाइभ जीमा जाने तयारी गर्न नेपाल टेलिकमलाई आग्रह गरेका हुन् ।

फोरजी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारिता समीक्षा गर्दै फाइभजीतर्फ जानुपर्ने उनले बताए । नेपाल टेलिकमका फ्रिक्वेन्सीहरूलाई प्रयोगहीन नबनाउन उनले आग्रहसमेत गरे ।

cura insider

नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रूपमा अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढङ्गले सुधार गर्नुपर्ने पनि बताए । कर्मचारीहरूले फिल्डमा जान मन नगरेको भन्दै उनले कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

jackson ribon