birat ribon

विराटनगरमा गाडी तोडफोडमा संलग्नलाई हिरासतमा राखेर यातना, तुरुन्त रिहा गर्न माग

Neuro
विराटनगरमा गाडी तोडफोडमा संलग्नलाई हिरासतमा राखेर यातना, तुरुन्त रिहा गर्न माग

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको आमहड्तालका क्रममा अराजक शैलीमा गाडी तोडफोड गरेको अभियोगमा पक्राउ परेकालाई तुरुन्त रिहा गर्न माग गरिएको छ ।

बिहीबार गाडी तोडफोडमा संलग्न छ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरू नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ता हुन् ।

cura insider

गाडी तोडफोड गर्दैगर्दा दाहाल–नेपाल समूहका जिल्ला सङ्घर्ष समितिका सह–संयोजक पारुल क्षेत्री, महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुङ्गानासहित सो समूहका कार्यकर्ता सारदा मैनाली, मीरा दाहाल, सङ्गम चौधरी र चम्पा कार्की पक्राउ परेका थिए ।

उनीहरूले जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरेका थिए । उनीहरू पक्राउ परेपछि नेकपा जिल्ला सङ्घर्ष समिति, मोरङका संयोजक गणेश उप्रेतीले विज्ञप्ति जारी गर्दै तुरुन्त रिहा गर्न माग गरेका छन् ।

उनले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी कार्यालयअगाडि बसिरहेको अवस्थामा प्रहरीले जबर्जस्ती पक्राउ गरी कुटपिट गर्दै जिल्ला प्रशासन कार्यालय हिरासतमा राखेर यातना दिएकोले यस अमानवीय कार्यको नेकपा मोरङ जिल्ला सङ्घर्ष समिति निन्दा गर्दछ ।’

यसैगरी सो समितिले पक्राउ परेकाहरूलाई तुरुन्त रिहा नगरे उत्पन्न हुने परिस्थितिको जिम्मेवार ओली सरकार आफैँ हुनेछ भन्दै चेतावनीसमेत दिइएको छ । ‘गिरफ्तार गरिएकाहरूलाई रिहा नगरे, गिरफ्तार र यातनामा उत्रिए उत्पन्न परिस्थितिको जिम्मेवार आफैँ हुनेछ भनी ओली सरकारलाई चेतावनी दिन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

No description available.

jackson ribon