birat ribon

पुरुषमा चार किसिमका क्यान्सर हुने जोखिम धेरै

Neuro
पुरुषमा चार किसिमका क्यान्सर हुने जोखिम धेरै

विराटनगर / क्यान्सर एक रोग हो, जुन शरीर वा टिस्युको कुनै पनि भागमा सुरु हुनसक्छ, जुन असामान्य रूपमा बढ्छ र शरीरको अन्य भागहरूमा सर्दै फैलिन थाक्छ ।

क्यान्सर विश्वव्यापी रूपमा मृत्युको दोस्रो प्रमुख कारण पनि हो । हरेक वर्ष क्यान्सर रोग लागेका कारण नौ करोडभन्दा बढी मानिसको मृत्यु हुने पाइएको छ ।

cura insider

महिलामा धेरैजसो स्तन, कोलोरेक्टल, फोक्सो, पाठेघर र थाइरोइड क्यान्सर देखिनसक्छ । त्यस्तै, फोक्सो, प्रोस्टेट, कोलोरेक्टल, पेट र कलेजोमा हुने क्यान्सर पुरुषमा धेरै देखिन्छ । पुरुषहरूमा प्रोस्टेट क्यान्सर प्रायः सामान्य हुन्छ । यो मध्यमदेखि वृद्ध समूहका बीचमा देखिन्छ । प्रोस्टेट भन्ने ग्रन्थीले हर्मोन र टेस्टोस्टेरोन उत्पादन गर्छ ।

प्रोस्टेटमा कोषहरूको असामान्य वृद्धि भएपछि त्यहाँ ट्यूमर गठन हुन्छ जसलाई प्रोस्टेट क्यान्सर भनिन्छ । यसले मूत्र प्रणाली र यसले गर्ने कार्यहरूमा बाधा पुर्याउँछ ।

प्रोस्टेट क्यान्सर भएमा सुरुमा कुनै लक्षण नदेखिन पनि सक्छ । तर, शरीरमा क्यान्सर बढ्न थाल्दा यसले हड्डी दुख्ने, पिसाबमा समस्या, पिसाबमा रगत देखिन थाल्छ । पुरुषहरूमा देखिने फोक्सोको क्यान्सर, क्यान्सरको सबैभन्दा घातक प्रकार हो । धुम्रपान गर्नेहरूमा फोक्सोको क्यान्सर हुने जोखिम धेरै भए पनि धुम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर हुन सक्छ ।

रोग बढ्दै जाँदा यसको लक्षण देखा पर्छ । खोकी, सास फेर्न गाह्रो हुने, छातीको दुखाइ, स्वर भास्सिने, थुकमा परिवर्तन हुने वा रगत देखिने फोक्सोको क्यान्सरका सामान्य लक्षण हुन् । कोलोन र रेक्टल (आन्द्राको भाग)मा हुने क्यान्सरलाई कोलोरेक्टल क्यान्सर भनिन्छ, जसले मुख्यरूपमा वृद्ध उमेर समूहका मानिसहरूलाई असर गर्छ ।

अमेरिकी रोग तथा रोकथाम केन्द्र सिडिसीका अनुसार विश्वमा फोक्सोको क्यान्सरपछाडि यो दोस्रो ठूलो क्यान्सर हो । झाडापखाला, कब्जियत, पेट दुख्ने, बारम्बार शौचालय जाने वा शौच गर्ने चाहना हुने, दिसामा रगत देखापर्ने तथा तौल कम हँुदै जानु कोलोरेक्टल क्यान्सरका लक्षण हुन् । कलेजो क्यान्सर संसारभर रिपोर्ट गरिएको क्यान्सरको सङ्ख्यामा चौथो ठूलो रोग हो ।

यो सामान्यतया लिभर सिरोसिसको उन्नत चरणमा पहिचान गरिन्छ । जसकारण पहिचान भएको बेला नै यो घातक भइसकेको हुन्छ । जन्डिस हुने, भोक कम लाग्ने र पेट दुखाइ कलेजोको क्यान्सरका लक्षण हुन् ।

रक्सीको सेवन नगर्ने, नियमित व्यायाम गर्ने, स्वस्थ खाना खाइ तौल नियन्त्रण गरेर र हेपाटाइटिस बी र सी भाइरसबाट सङ्क्रमित हुनबाट आफूलाई जोगाउन सकिए कलेजोको क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

jackson ribon