birat ribon

महिलाले बेवास्ता गर्नु हुँदैन यी लक्षण, क्यान्सरको सङ्केत हुनसक्छ

Neuro
महिलाले बेवास्ता गर्नु हुँदैन यी लक्षण, क्यान्सरको सङ्केत हुनसक्छ

विराटनगर / पुरुषको तुलनामा, महिलाहरू क्यान्सर हुने बढी जोखिममा छन् ।

स्तन क्यान्सर महिलाहरूमा देखिने क्यान्सरको सामान्य प्रकारमध्ये एक हो । स्तन क्यान्सरपछि महिलाहरूमा धेरैजसो पाठेघर (सर्भिकल) र गर्भाशय (ओभ्यारियन) क्यान्सर हुने गरेको पाइन्छ । धेरै कारकले क्यान्सरयुक्त कोशिकाहरूको विकास गराउन सक्छन् । तर, रोगको प्रारम्भिक पहिचान गरेमा रोगलाई सजिलै उपचार गर्न सकिन्छ ।

cura insider

समयमा क्यान्सर पत्ता लगाउनका लागि क्यान्सरका केही सामान्य लक्षणहरू छन् जुन प्रत्येक महिलाले ध्यान दिएर हेर्नुपर्ने हुन्छ । स्तनमा कुनै पनि प्रकारको परिवर्तन आएमा, रगत बगिरहेको वा छालामा हुने कुनै परिवर्तन देखिएमा स्त्रीरोग विशेषज्ञको परामर्श लिनुपर्छ । स्तनको छाला रातो भएमा वा कडा भएमा दुर्लभ स्तन क्यान्सरको रूपमा सङ्केत गर्न सक्छ ।

सबै महिलाहरूले कहिलेकाहीँ अनियमित महिनावारी वा महिनावारीको समयमा पीडा भएको अनुभव गर्छन् । जुन सामान्य हो । तर महिनावारीको समयमा लगातार पीडा वा महिनावारी हुने समयमा आएको परिवर्तन क्यान्सरको सङ्केत हुन सक्छ । साथै, महिनावारीको समयमा अत्यधिक रक्तश्राव भएमा, महिनावारीको अवधि सकिएपछि पनि रगत बगिरहेमा क्यान्सरको सङ्केत हुनसक्छ ।

यौन सम्पर्क गरेपछि रगतको दाग देखिने वा रक्तश्राव थुप्रै कारणले हुन सक्छ । यो सङ्क्रमण योनी सुक्खा भएमा वा क्यान्सरको सङ्केत पनि हुन सक्छ । त्यस्तै उमेर पुगिसकेर महिनावारी रोकिएपछि (मेनोपज) पनि रगत बगिरहेमा यो पाठेघर वा गर्भाशयको क्यान्सरको कारण हुन सक्छ ।

गर्भाशयको क्यान्सरका लक्षणहरू पत्ता लगाउन सबैभन्दा गाह्रो हुन्छ । कुनै पनि प्रकारको पेटको समस्या वा सुजन, अपच, पाचन प्रणालीको परिवर्तन, तौल घट्ने र भोक कम हुनु गर्भाशयको क्यान्सरको सङ्केत हुन सक्छ । त्यसैले यस प्रकारका कुनै पनि वा शरीरमा केही असामान्य परिवर्तन देखा परे परीक्षण गराउनु आवश्यक हुन्छ ।

समयमा रोग पत्ता लगाउन र रोकथामका लागि २१ वर्षको उमेर वा कम्तिमा २५ वर्षपछि प्रत्येक महिलाले नियमित क्यान्सर स्क्रिनिङ गर्नु पर्छ । र, यो ६५ वर्षको उमेरसम्म जारी राख्न आवश्यक छ । स्तन क्यान्सर स्क्रिनिङ भने ५० वर्षको उमेरमा वार्षिक गर्न सकिन्छ । तर, क्यान्सरको पारिवारिक इतिहास भएका महिलाले सुरुमै क्यान्सरयुक्त कोशिकाको विकासलाई रोक्नका लागि नियमित परीक्षण गराउनु आवश्यक हुन्छ ।

jackson ribon