birat ribon

बेलायतमा कोरोना भाइरसविरुद्ध विभिन्न खोप मिश्रण गरेर दिइने परीक्षण सुरू

Neuro
बेलायतमा कोरोना भाइरसविरुद्ध विभिन्न खोप मिश्रण गरेर दिइने परीक्षण सुरू

विराटनगर / बेलायतमा कोरोना भाइरसविरुद्ध विभिन्न खोप दिने परीक्षण सुरू गरिएको छ ।

हालसम्म स्वीकृति पाएका अक्सफर्ड–एस्ट्राजेनेका, फाइजर–बायोन्टेक तथा मोडेर्ना खोप केही साताको अन्तरालमा दुई मात्रामा लगाउनु पर्छ । तर, वैज्ञानिकका अनुसार एकै खोपको दुई डोजभन्दा पनि विभिन्न खोपको दुई डोज दिँदा पहिलेको तुलनामा भन्दा राम्रो सुरक्षा प्रदान गर्न सक्ने सम्भव छ । त्यसै कारण बेलायतमा भिन्नभिन्न खोपको दुई मात्रा लगाउँदा कस्तो प्रभाव पर्छ भनेर हेर्न नयाँ अध्ययन थालिएको हो ।

cura insider

अध्ययनमा ५० वर्षमाथि उमेरका आठ सयभन्दा बढी स्वयंसेवकको सहभागिता रहनेछ । पहिलो मात्रामा एक किसिमको खोप दिइने र चारदेखि १२ साताको अन्तरालमा दोस्रो मात्रामा अर्को किसिमको खोप लगाउँदा त्यसले कोभिड १९ विरुद्ध शरीरमा थप सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर अध्ययनमा हेरिनेछ । अनुसन्धानकर्ताहरूले अक्सफोर्ड तथा फाइजर खोपहरूको मिश्रण गर्ने छन् ।

वैज्ञानिकहरूले साइड इफेक्टको लागि स्वयम्सेवकको अनुगमन गर्नेछन् र शरीरले उत्पादन गर्ने एन्टिबडी तथा टी कोषहरूको स्तरको अध्ययन गर्नेछन् । अनुसन्धानको उद्देश्य खोप वितरणलाई कम झन्झटिलो र लचिलो बनाउने रहेको छ जसकारण कुनै एक खोपको आपूर्तिमा समस्या आइपरेमा त्यसले खासै असर गर्न सक्दैन । उक्त अध्ययन १३ महिनामा पूरा हुने बताइएको छ ।

jackson ribon