birat ribon

महिला लिगको दोस्रो चरणको खेल तालिका सार्वजनिक

Neuro
महिला लिगको दोस्रो चरणको खेल तालिका सार्वजनिक

विराटनगर / काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल शनिबारबाट सुरु हुने भएको छ । बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेल तालिका सार्वजनिक गर्दै दोस्रो चरणको खेलहरू शनिबारबाट सुरु हुने जनाएको हो ।

May be an image of text that says 'ANFA POS 1 NATIONAL WOMEN'S LEAGUE 2021 LEAGUE TABLE 2 P W NATIONAL 6 D 6 3 4 5 GF GA 6 4 43 CLUB Nepal APF Club Tribhuvan Army FC Biratnagar Metro. City Nepal Police Club Waling Municipality Chandrapur Municipality Chaudandigadhi Municipality 0 6 GD +43 +34 36 L 0 1 2 2 2 5 6 7 6 PTS 18 13 10 2 15 3 2 2 13 6 0 1 1 2 2 0 0 -2 10 6 6 +4 11 1 0 6 8 8 13 8 1 6 +2 -20 -62 28 63 3 0'

तालिकाअनुसार शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ । शनिबार एक खेल हुनेछ भने आइतबार दुई खेल हुनेछन् ।

cura insider

जारी महिला लिगको अङ्क तालिकामा अपराजित रहेको साविक विजेता एपिएफ १८ अङ्कसहित शीर्ष स्थानमा छ । १३ अङ्क जोडेको आर्मी दोस्रो स्थानमा रहँदा विराटनगर महानगरपालिका १० अङ्कसहित तेस्रो स्थानमा छ ।

आठ अङ्क भएको नेपाल पुलिस क्लब चौथो स्थानमा रहँदा वालिङ नगरपालिका आठ अङ्क जोडेर पाँचौँ स्थानमा छ भने तीन अङ्क भएको चन्द्रपुर छैटौं तथा अङ्कविहीन चौदण्डीगढी पुछारमा छ ।

jackson ribon