birat ribon

यी हुन् क्यान्सरको जोखिम बढाउने खाना

Neuro
यी हुन् क्यान्सरको जोखिम बढाउने खाना

विराटनगर / दैनिक जीवनशैली र खाने बानीका कारण पनि क्यान्सर हुनसक्छ ।

प्याकेज गरिएको खानादेखि मिलावटी उत्पादनमा हुने सबै चिजहरूले शरीरमा असन्तुलन सिर्जना गर्छ, जुन स्वास्थ्यमा विभिन्न समस्याहरूको कारण बन्छ । विश्व क्यान्सर दिवसका अवसरमा आजदेखि क्यान्सरको जोखिम बढाउने खानाबाट टाढा रहनुहोस् ।

cura insider

पप कर्न : माइक्रोवेव ब्यागमा बनाइने पपकर्नमा पिफोए मिसाइएको हुन्छ, जुन प्यानक्रियाज, मृर्गौला, कलेजो र मूत्राशयको क्यान्सर हुने कारण हो । ग्यास चलो वा स्टोभमा तयार गर्दा पपकर्न एक स्वस्थ खाजा हो । तर, यसलाई माइक्रोवेवमा पकाइएको खण्डमा यो क्यान्सरको कारण बन्न सक्छ ।

सोडा : सोडा स्वास्थ्यका लागि नराम्रो मानिन्छ र यसको अधिक सेवनले मानिसको ज्यान पनि जान सक्छ । यसमा चिनीको उच्च मात्रा हुन्छ जसले क्यान्सर सेललाई बढाउँछ । यसमा कुनै पौष्टिक तत्त्व नहुने तथा यसमा भएको कृत्रिम रसायन र रङले यसलाई घातक बनाउँछ ।

रक्सी : कहिलेकाहीँ रक्सी पिउनु समस्या होइन । तर, जब यो नराम्रो लतमा परिणत हुन्छ, यसले क्यान्सर निम्त्याउँछ । अधिक मदिरा सेवनले कलेजोलाई हानी गर्छ र मृगौलामा दबाब बढाउँछ । अत्यधिक रक्सीको सेवनले मुख, एसोफैगस, कलेजो, कोलोन र मलाशयको क्यान्सरको जोखिम बढाउँछ ।

प्रशोधित मासु : खाद्य स्टोरबाट प्रशोधित मासु ल्याएर खानेमा पनि क्यान्सरको जोखिम हुन्छ । हालसालै गरिएको एक अध्ययनअनुसार यस्ता प्रशोधित मासुमा क्यान्सर हुने तत्त्वहरू हुन्छन् जसले क्यान्सरको जोखिम बढाउँछ ।

मैदा : स्वास्थ्यका लागि मैदाको अत्यधिक सेवनलाई खतरनाक मानिन्छ । परिष्कृत पीठो बनाउँदा यसको सेतो रङ्ग क्लोरिन ग्यासको सहयोगमा आउँछ । थप रूपमा, मैदाको पीठोको ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ, जसले रगतमा चिनीको मात्रा बढाएर इन्सुलिनको स्तर बढाउँछ । साथै, क्यानसरको पनि जोखिम बढाउँछ ।

आलु चिप्स : आलु चिप्समा नुन र संतृप्त फ्याट हुन्छ, जुन मानव शरीरको लागि राम्रो हुदैन । यसमा एक्रिलमाइड, नामक एक कार्सियोजेनिक रसायन समावेश गरिएको हुन्छ जसले क्यान्सरको जोखिम बढाउँछ । यो रसायन सिगरेटमा पनि पाइन्छ ।

jackson ribon