birat ribon

प्रधानमन्त्री ओलीले संविधानलाई चुनौती दिएको नेत्री श्रेष्ठको आरोप

Neuro
प्रधानमन्त्री ओलीले संविधानलाई चुनौती दिएको नेत्री श्रेष्ठको आरोप

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेत्री शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढङ्गले अगाडि हिँडाउन आमहड्ताल गरिएको बताएकी छन् ।

नेत्री श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढङ्गले अगाडि हिँडाउन आमहड्ताल आव्हान गरिएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरङ्कुशताबाट मुलुकलाई बचाउनुपर्ने बताइन् ।

cura insider

श्रेष्ठले प्रधानमन्त्री ओलीले गरैसंवैधानिक तरिकाले संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको भन्दै संविधानलाई चुनौती दिएको स्पष्ट पारिन् । संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जानसक्ने उनले बताइन् ।

jackson ribon