birat ribon

विराटनगरमा गाडी तोडफोड गर्ने छ जना पक्राउ, दुई वटा गाडीमा तोडफोड

Neuro
विराटनगरमा गाडी तोडफोड गर्ने छ जना पक्राउ, दुई वटा गाडीमा तोडफोड

विराटनगर / गाडी तोडफोडमा संलग्न छ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरू नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ता हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले गाडी तोडफोड गर्दैगर्दा दाहाल–नेपाल समूहका जिल्ला सङ्घर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुङ्गानालाई पक्राउ गरिएको बताए ।

cura insider

त्यस्तै तोडफोडमा संलग्न दाहाल–नेपाल समूहका कार्यकर्ता सारदा मैनाली, मीरा दाहाल, स ङ्गम चौधरी र चम्पा कार्कीलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी राईले दिए ।

उनका अनुसार पक्राउ परेकाहरूले जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरेका थिए ।

बन्दका बेला सरकारी गाडी चलाएकोभन्दै बन्दकर्ताले लाट्ठीले प्रहार गर्दा गाडीको पछाडिको सिसा फुटेको छ । सडकमा एक्कासि रोकेर गाडीमा आक्रमण गरिएको भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै सडकमा अराजक शैली प्रस्तुत गरिरहेका दाहाल–नेपाल समूहका कार्यकर्ताले विराटनगर–१० रोडशेष चोकमा पनि एउटा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी तोडफोड गरिदिएका छन् ।

तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । तोडफोड हुन थालेपछि गाडी त्यहाँबाट चालकले भगाएका कारण नम्बर भने नखुलेको डीएसपी राईले बताए । प्रहरी पुगेपछि तोडफोडमा संलग्नहरू फरार बनेको र उनीहरूको खोजी भइरहेको जानकारी राईले दिए ।

यसैबीच विराटनगरमा बन्दकर्ताहरूले चिकित्सक चढेको सवारी साधन, नेपाल टेलिकम र विद्युत प्राधिकरणका गाडी पनि चल्न दिएका छैनन् । स्वास्थ्य संस्थाका सवारी साधनलाई पनि ठाउँठाउँमा रोकेर तोडफोडको प्रयास गरिएको छ । अति आवश्यकीय सवारी साधन पनि चल्न नदिइएको हो ।

jackson ribon