विराटनगर/नेकपाको प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालका क्रममा विराटनगर महानगरपालिका कार्यालयअगाडिको चिया–नास्ता पलसमा तोडफोड गरेका छन् ।

प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेतृत्व गरेको समूहले पसलमा तोडफोड गरेको हो ।

दर्जनभन्दा बढी प्रदर्शनकारीले पलसमा अन्धाधुन्द आक्रमण गर्दा पसलका सिसा तथा कुर्सीहरु तोडफोड भएका छन् ।







