birat ribon

नेकपा प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन (फोटो फिचर)

Neuro
नेकपा प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शन (फोटो फिचर)

विराटनगर / रिक्त रहेका संवैधानिक आयोगका पदहरूमा राष्ट्रपतिले असंवैधानिक तरिकाले पदपूर्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आजै देशैभर आमहड्तालको आव्हान गरेको छ ।

Padelux insider
cura insider

देशव्यापी आमहड्तालको प्रभाव प्रदेश एक राजधानी विराटनगरमा पनि परेको छ । छोटो तथा लामा दूूरीका यातायातका साधन कुुद्न पाएका छैनन् भने अधिकांश शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार पसल बन्द गरिएको छ ।

हिजो नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले थप सङ्घर्षका कार्यक्रम भन्दै आज देशव्यापी आमहड्ताल गरिएको जानकारी दिएका थिए ।

विराटनगरमा पनि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता बिहानैदेखि सडकमा देखिएका छन् ।

विराटनगरको शनि मन्दिर, बरगाछीलगायत विभिन्न ठाउँमा बन्दकर्ताहरूले टायर बालेर संवैधानिक पदपूर्ति र प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी गरेका छन् ।

टायर बालेर सार्वजनिक यातायात, बजार, पसल बन्द गराए पनि अत्यावश्यक एम्बुलेन्स, दुुधका गाडीलाई बन्द आवातजावतमा रोक लगाइएको छैन ।

टायर नबाली नै विरोध प्रदर्शन गर्न प्रहरीले अनुरोध गरे पनि आन्दोलनकारीहरूले टायर बाल्दा केहीबेर प्रहरी र प्रदर्शनकारीहरूबीच तनावसमेत उत्पन्न भएको थियो ।

jackson ribon