birat ribon

कोरोनाका कारण मानसिक रोगी बढे

Neuro
कोरोनाका कारण मानसिक रोगी बढे

ललितपुर / मुलुकको एकमात्र मानसिक अस्पताल सञ्चालन गरिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको महामारी सुरु भएसँगै मुलुकमा मानसिक रोगीको सङ्ख्या बढेको जनाएको छ ।

मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्या रोगी बढेको अस्पतालको भनाइ छ । दैनिक दुईदेखि तीन जना मानिस मानसिक समस्या लिएर अस्पतालमा उपचारका लागि आउन थालेको निर्देशक डाक्टर रवि शाक्यले बताए । उनले भने, ‘यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० शय्या व्यवस्था गरेको छ, यी शय्या अहिले सधँैजसो भरिभराउनै हुन्छन् ।’

cura insider

१० वर्षदेखि मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको पाटन अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन सुरु गरेको थियो । मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरूपमा ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ । रासस

jackson ribon