birat ribon

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Neuro
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झापा / शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसमा विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकल ठोक्किँँदा मोटरसाइकल चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

cura insider

दुर्घटनाबाट गम्भीर भएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको छ । रासस

jackson ribon