birat ribon

आन्दोलनकारीद्वारा ट्रक तोडफोड

Neuro
आन्दोलनकारीद्वारा ट्रक तोडफोड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बन्दका क्रममा यातायातका साधन सञ्चालन गरेको भन्दै बन्दकर्ताले ट्रकमा तोडफोड गरेका छन् । उनीहरूले काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका थिए । यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । रासस

cura insider
jackson ribon