birat ribon

१६ लाखको मार्सी चामल किनबेच

Neuro
१६ लाखको मार्सी चामल किनबेच

विराटनगर । पहिलो पटक खाद्य कम्पनीले जुम्लामा उत्पादन हुने मार्सी चामलको किनबेच थालेको छ । झन्डै एक साताको अवधिमा १६ लाख रुपैयाँभन्दा बढीको यो चामल बिक्री भएको छ ।

स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चामलको बिक्री थालिएको हो । कम्पनीले प्रतिकिलो दुई सय २५ रुपैयाँका दरले छ दिनको अवधिमा हालसम्म कुल १६ लाख दुई हजार दुई सय २५ रुपैयाँ बरावरको सात सय २१ किलोग्राम चामल बिक्री गरिसकेको छ ।

cura insider

कम्पनीकी सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीका अनुसार उपभोक्ताहरूले अहिले ठूलो परिमाणमा चामल माग नगरेका कारण एक किलोको प्याकेट बनाएर बिक्री भइरहेको छ । कम्पनीले अहिले परीक्षण बिक्री भइरहेको बताउँदै भोलिका दिनमा काठमाडौं र त्यस बाहिर पनि मार्सी चालम बिक्री गर्ने योजना रहेको उनले बताइन् । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon