birat ribon

व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन

Neuro
व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन

विराटनगर । शहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ ।

आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह, सडक निर्माण जस्ता पूर्वाधार निर्माणमा जोड दिइने भएको हो । भौतिक पूर्वाधार मात्रै नभएर मानव जीवनको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने पूर्वाधार विकासका काम अगाडि सारिएको मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले भने । सामाजिक पुँजीका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रूप दिने गरी मन्त्रालयले योजना अगाडि बढाएको छ ।

cura insider

मन्त्रालयले आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसका छाना विस्थापन गर्ने योजना अगाडि सारेको छ । चालू आर्थिक वर्षमा एक लाख ५० हजार सुरक्षित नागरिक आवास भवन निर्माण गर्ने कार्यक्रम छ । यस्तै व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि देशभर हाल तीन सय किलोमिटर सडक कालोपत्रे, ४३ वटा ठूला बसपार्क, ४० वटा सभाहल तथा सिटी हल, ५० भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माणका योजना अगाडि सारिएको छ ।

देशभरका २७ वटा नयाँ सहर र भरतपुर महानगरसहित १४ वटा स्मार्ट सिटीका सहर निर्माणको योजना अघि बढाइएको सचिव सिंहले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र एक विशेष समारोहबीच यसको शिलान्यास गरे । सिटी हलका लागि मन्त्रालयले एक अर्ब २० करोड रुपैयाँविनियोजन गरेको छ ।

यद्यपि, गत मङ्सिर १८ गते सम्झौता भई इन्डो, सगुन, रौताह जेभीले संयुक्त रूपमा निर्माण गर्न लागेको छ । यो योजनाका लागि ८७ करोड ८८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँ बजेटमा सम्झौता गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon