birat ribon

नापोली र अटलान्टाले बराबरी खेले

Neuro
नापोली र अटलान्टाले बराबरी खेले

विराटनगर / कोपा इटालियामा नापोली र अटलान्टाले बराबरी खेलेका छन् । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा दुवैले गोलरहित बराबरी खेलेका हुन् ।

नापोलीको मैदानमा खेलको निर्धारित सयम दुवै टोलीले गोल गर्न सकेनन् । अब दोस्रो लेगको खेल फेब्रुअरी १० मा अटलान्टाको मैदानमा हुनेछ । सो खेलमा जित निकाल्ने टोलीले युभेन्टस र इन्टर मिलानबीचको विजेतासँग फाइनलमा खेल्नेछ ।

cura insider

युभेन्टस पहिलो लेगको खेलमा २–१ को अग्रता लिएको छ । फाइनल खेल १९ मेमा हुनेछ ।

jackson ribon