birat ribon

पिएसजीको सहज जित

Neuro
पिएसजीको सहज जित

विराटनगर / फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित आत्मसाथ गरेको छ । बुधबार राति घरेलु मैदानमा पिएसजीले निम्सलाई ३–० गोलले हराएको हो ।

पेरिसमा पिएसजीलाई जिताउन एन्जल डी मारिया, पाब्लो सराबिया र किलियन एम्बाप्पेले समान एक–एक गोल गरे । खेलको १८औँ मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए ।

cura insider

३६औँ मिनेटमा सराबियाले गोल गरेपछि पिएसजीले आफ्नो अग्रता दोब्बर बनाएको थियो । ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ३–० गोलको सहज जित दर्ता गराए ।

जितसँगै तेस्रो स्थानको पिएसजीले २३ खेलमा ४८ अङ्क जोडेको छ । निम्स भने १५ अङ्कका साथ पुछारमा छ ।

jackson ribon