birat ribon

संवैधानिक नियुक्तिमा दलहरूको विरोध

Neuro
संवैधानिक नियुक्तिमा दलहरूको विरोध

विराटनगर । सरकारले गरेको संवैधानिक नियुक्तिको विषयलाई लिएर दलहरुले विरोध जनाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले देशमा लोकतन्त्रको धज्जी उडाएर फासीवाद र गुण्डाराज लाद्ने कोसिस भनेको छ । यसको प्रतिक्रियास्वरूप प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेको छ । संवैधानिक परिषद्को सिफारिसमा बुधबार राष्ट्रपति विद्या भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित पदाधिकारीलाई शपथ गराएलगत्तै विरोधमा प्रचण्ड–नेपाल समूहले आमहडताल घोषणा गरेको हो । तर यो समूहले गरेको आमहड्तालको पनि देशव्यापी रुपमा विरोध सुरु भइसकेको छ ।

cura insider

प्रचण्ड–माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले त्यसबाट देशमा लोकतन्त्रको धज्जी उडाएर फासीवाद र गुण्डाराज लाद्ने कोसिस गरिएकाले सशक्त प्रतिवाद गर्दै बाध्यात्मक कदमका रूपमा आमहडताल घोषणा गरिएको बताए । ‘सरकार आफैँले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाइ समिति सुचारु हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाइ हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषद्मा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदाहुँदै पनि आज शपथग्रहण गराउनु निरंकुशता, जोरजबर्जस्ती र निर्लज्जताको पराकाष्ठा हो । हाम्रो पार्टी यसको घोर भत्र्सना गर्दै खारेजीको माग गर्दछ,’ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा पार्टीको धारणा प्रस्ट नभएकाप्रति कांग्रेसकै नेताहरू पनि असन्तुष्ट छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संवैधानिक नियुक्ति लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताएका छन् । सभापति देउवा भने यस विषयमा मौन छन् ।
नेता कृष्णप्रसाद सिटौलाले यसबारे पार्टीले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी ९जसपा०ले संवैधानिक आयोगमा भएको नियुक्ति असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी ओलीको गैरलोकतान्त्रिक कदमविरुद्ध एकताबद्ध हुन आग्रह गरेको छ । सरकार जानीबुझी अवाञ्छित कार्यहरू गरेर संविधान, ऐन, कानुन, आचारसंहिता र स्थापित लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हिँडेको भन्दै जसपाले सरकारले गरेका गैरसंवैधानिक नियुक्ति खारेज हुनुपर्ने धारणा सार्वजनिक गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon