birat ribon

सिटीलाई तीन अङ्कको अग्रता

Neuro
सिटीलाई तीन अङ्कको अग्रता

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले बर्न्लीमाथि २–० गोलको जित दर्ता गरेको हो ।

बर्न्लीको मैदानमा सिटीलाई जिताउन ग्राबियल जिसस र रहीम स्टर्लिङले समान एक–एक गोल गरे । तेस्रो मिनेटमा गोल गर्दै जिससले सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

cura insider

३८औँ मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई २–० गोलले जिताए ।

जितसँगै शीर्ष स्थानको सिटीले तीन अङ्कको अग्रता बनाएको छ । उसले २१ खेलमा ४७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४४ अङ्क छ । उसले २२ खेल खेलेको छ ।

बर्न्ली भने २२ अङ्कका साथ १७औँ स्थानमा छ ।

jackson ribon