birat ribon

अतिरिक्त समयमा जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

Neuro
अतिरिक्त समयमा जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

विराटनगर / स्पेनिस कोपा डेल रेमा सर्वाधिक धेरै ३० पटकको विजेता बासिलोनाले सेमिफाइनलमा स्थान बनाएको छ । बुधबार राति भएको क्वार्टरफाइनलको खेलमा बार्सिलोनाले ग्रनाडालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

लस केर्मेन्समा निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा बार्सिलोनाले जित निकालेकाे हो ।

cura insider
Image

खेलको ३३औँ मिनेटमा किनिडीले गोल गर्दै ग्रानडालाई सुरुआती अग्रता दिलाएका थिए । ४७औँ मिनेटमा रोबर्ट सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर बनाए ।

खेलको ८८औं मिनेटमा ग्रिजम्यानले र इन्ज्युरी समयमा जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोना बराबरीमा फर्कियो ।

Image

त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सयौँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । १०३औँ मिनेटमा फेडे भिकोले गोल गर्दै ग्रानडालाई बराबरीमा फर्काए ।

१०८औँ मिनेटमा फ्रेन्की डी योङले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए भने ११३औँ मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–३ गोलको जित दिलाए ।

जितसँगै बार्सिलोना अन्तिम चारमा पुगेको छ । यसअघि बार्सिलोनाले रायो भालेकानोलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

jackson ribon