birat ribon

जीवन कथा सुनाउँदै गायक प्रमोद खरेल

Neuro
जीवन कथा सुनाउँदै गायक प्रमोद खरेल

सुनसरी / लोकप्रिय गायक प्रमोद खरेल कसरी सफलताको शिखरमा पुगे ? के हुन्छु भन्ने सोचेका थिए, के भए ? त्यस क्रममा उनले को–कोबाट साथ पाए, कोकोबाट धोका ? उनको जिन्दगीको सबैभन्दा सम्झिनलायक र सबैभन्दा बिर्सिनलायक क्षण कुन हो ?

आदि–इत्यादि अनेक प्रश्नको जबाफ दिनका निम्ति माघ २३ गते शुक्रबार साँझ गायक खरेल इटहरीमा प्रस्तुत हुने भएका छन् । कोरोनाले थिलथिलो भएको इटहरीको साङ्गीतिक जीवनलाई फेरि चलायमान बनाउन अ स्टोरी अफ योङ–हर्टले गायक खरेललाई जीवन कथासहित प्रस्तुत गर्न लागेको हो ।

cura insider

ओसियन पार्क एन्ड रिसोर्टमा सामान्य प्रवेश–शुल्कसहित हुन लागेको प्रस्तावित साँझमा गायक खरेलले आफ्नो जीवन–कथा (लाइफ स्टोरी)सहित दर्जनभन्दा बढी गीत–गजलहरू सुनाउनेछन् ।

योङ–हर्टले लकडाउनअघि गायक कमल खत्रीलाई आफ्नो कथा (स्टोरी)सहित इटहरीमा प्रस्तुत गरेको थियो । नियमित शृङ्खलाका रूपमा सुरु गर्ने भनिएको स्टोरी सुनाउने उक्त सिलसिला कोरोना महामारीका कारण रोकिएको थियो ।’

आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेका अनुसार सफल व्यक्तिहरूको सफलताको कथा प्रत्यक्ष सुन्न पाउँदा सकारात्मक उर्जा उत्पन्न हुने भएकाले युवाहरूलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो ।

शुक्रबारको कार्यक्रममा डाइनामिक ब्यान्डको विशेष प्रस्तुतिसमेत रहने आयोजक समितिले जनाइएको छ ।

jackson ribon