birat ribon

निर्वाचनका लागि आयोगले माग्यो सात अर्ब ८ करोड रकम

Neuro
निर्वाचनका लागि आयोगले माग्यो सात अर्ब ८ करोड रकम

काठमाडौँ / निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोरोना महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा विगतका निर्वाचनमा भएका खर्चभन्दा मितव्ययी हुने गरी कोभिड–१९ महामारीमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता समेतलाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको हो ।

cura insider

प्रवक्ता श्रेष्ठले विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिए ।

कोभिड–१९ को कारण सोसँग सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको र निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

jackson ribon