birat ribon

राष्ट्रिय युवा सङ्घको सुनसरी जिल्ला कमिटीको संयोजकमा गुरुङ

Neuro
राष्ट्रिय युवा सङ्घको सुनसरी जिल्ला कमिटीको संयोजकमा गुरुङ

इनरुवा / राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटिको संयोजकमा अरुण गुरुङ चयन भएका छन् । ओली पक्षका युवाहरूको एक भेलाले बुधबार गुरुङको संयोजकत्वमा एक सय पाँच जनाको जिल्ला कमिटी विस्तार गरेको हो ।

राष्ट्रिय युवा सङ्घ नेपाल सुनसरी जिल्ला कमिटीका सह–संयोजक इनरुवा–५ का युवा नेता पुकार पोखरेललाई सर्वसम्मतबाट चयन गरेका हुन् ।

cura insider

राष्ट्रिय युवा सङ्घ नेपाल सुनसरी जिल्ला कार्यसमितिका सदस्यहरू युवा नेता रमेशकुमार यादव, पुनमकुमारी साह, रितिक यादव, श्रीप्रकाश मेहता, रविन्द्र यादव, मञ्जित राम, कादिर हुसैन, इमरान आलम, सद्दाम हुसैन, रियाज हुसैन, सुजन लामा, रवि कार्की, रञ्जु सिग्देल, लक्ष्मण साह, सुरेशराज दाहाल, कपिल रिजाल, गौरवजंग राणा, रेणुका चौधरी, धीरज वर्मा, अमित ढकाल, नागेश्वर मेहतासहित एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गरेका हुन् ।

jackson ribon