birat ribon

देशव्यापी आमहड्तालप्रति गृहले भन्यो : अवाञ्छित गतिविधि गरेको पाइएमा कारवाही हुन्छ

Neuro
देशव्यापी आमहड्तालप्रति गृहले भन्यो : अवाञ्छित गतिविधि गरेको पाइएमा कारवाही हुन्छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आव्हान गरेको देशव्यापी आमहड्तालप्रति गृहमन्त्रालयको धानाकर्षण भएको छ । बुधबार प्रचण्ड–माधव समूहले बिहीबार (भोलि) देशव्यापी आमहड्तालको घोषणा गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गरेकी थिइन् । संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल आह्वान गरेको हो ।

cura insider

गृहले कानुनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड र आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएको छ । यस्तै अवाञ्छित गतिविधि गरेको पाइएमा कारवाही गर्ने गृहले चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

यसैगरी उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै वाधा पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरुक्षा व्यवस्था मिलाइने हुँदा सबैलाई निर्धक्कका साथ आफ्नो पेशा–व्यवसाय सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

No description available.

jackson ribon