birat ribon

स्पेनमा विदेशबाट आउनेको सङ्ख्या ७७ प्रतिशतले घट्यो

Neuro
स्पेनमा विदेशबाट आउनेको सङ्ख्या ७७ प्रतिशतले घट्यो

विराटनगर । स्पेनमा विदेशबाट आउनेको सङ्ख्यामा ७७ प्रतिशतले कमी भएको छ । विदेशबाट आउनेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष अन्त्यन्त धेरै कम भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

सन् २०२० मा विदेशबाट आउनेहरूको सङ्ख्यामा ७७.३ प्रतिशत कम भएको हो । कोरोन ाभाइरसको महामारी र त्यससँगै लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाका कारण आगन्तुकको सङ्ख्यामा भारी कटौती भएको उनीहरूले बुधबार स्पष्ट पारेका छन् ।

cura insider

स्पेनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०२० मा एक करोड ९० लाख विदेशी पर्यटक स्पेन आएको तथ्याङ्क सार्वजनिक गरेको छ । जबकि अघिल्लो वर्ष सन् २०१९ मा आठ करोड ३५ लाख विदेशी पर्यटकले स्पेनको भ्रमण गरेका थिए । रासस

jackson ribon