birat ribon

काङ्ग्रेसद्वारा संवैधानिक नियुक्तिको विरोध

Neuro
काङ्ग्रेसद्वारा संवैधानिक नियुक्तिको विरोध

काठमाडौँ / संसदीय सुनुवाइबिना नै संवैधानिक नियुक्ति गरिनुलाई नेपाली काङ्ग्रेसले ‘सर्वसत्तावादउन्मुख प्रवृत्तिको शृङ्खला’को संज्ञा दिएको छ । सरकारले बुधबार गरेका संवैधानिक नियुक्तिहरूको विरोध गर्दै नेपाली काङ्गे्रस प्रवक्ता विश्वप्रकाश शर्माले यसविरुद्ध घनीभूत सङ्घर्ष सञ्चालन गरिने बताए ।

एकपछि अर्को संवैधानिक व्यवस्थालाई उल्लङ्घन गरेर सरकार ‘संविधानलाई विखण्डित गर्ने यात्रा’मा अघि बढेको उनको प्रतिक्रिया थियो । उनले संवैधानिक परिषद्सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उल्लङ्घन गर्दै अध्यादेश ल्याउँदा नै आफूहरूले असहमति जनाएको उल्लेख गरे ।

cura insider

‘संसदीय सुनुुवाइपछि मात्र नियुक्तिको प्रक्रियालाई पूर्णता दिइने भन्ने हाम्रो संवैधानिक मर्म छ । तर त्यो केही पनि नगरी आज एकाएक सपथ ग्रहण भयो,’ उनले भने, ‘सपथ ग्रहण समारोह उपराष्ट्रपतिले वहिष्कार गर्नुपर्ने, सभामुखको अनुपस्थिति रहने अवस्था आयो ।’

यो स्थिति जन्मनुुका पछाडि दुई तिहाइको दम्भ र नेकपाको आन्तरिक द्वन्द्वले काम गरेको उनको भनाइ छ । ‘यसले गर्दा आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरूले अगाडि बढाउनुुभएको छ,’ प्रवक्ता शर्माको भनाइ थियो ।

jackson ribon