birat ribon

सन्दीपले पुनः ओभल इन्भेन्सीबल्सबाट ‘द हन्ड्रेड’ खेल्ने

Neuro
सन्दीपले पुनः ओभल इन्भेन्सीबल्सबाट ‘द हन्ड्रेड’ खेल्ने

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले पुनः ओभल इन्भेन्सीबल्सबाट ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने भएका छन् । सन्दीपलाई ओभल इन्भेन्सीबल्सले रिटेन गरेसँगै उनले पुनः सोही क्लबबाट द हन्ड्रेड खेल्ने पक्का भएको हो ।

ओभलले ११ खेलाडी रिटेन गर्दा सन्दीप पनि परेका हुन् । अघिल्लो सिजनमा सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले एक लाख पाउण्डमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।

cura insider

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेडको नयाँ मिति तय भएको छैन । यसअघि गत जुलाई १७ देखि १६ अगस्टसम्मका लागि तय भएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण स्थगित भएको थियो ।

jackson ribon