birat ribon

जुम्लामा सञ्चालनमा आए विद्यालय

Neuro
जुम्लामा सञ्चालनमा आए विद्यालय

जुम्ला / करिब १० महिनादेखि बन्द रहेका जुम्लाका विद्यालय खुला भएका छन् । कोरोना महामारीका कारण गत चैत २०७६ बाट बन्द भएका जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएका हुन् ।

जुम्लाका आठमध्ये पाँच स्थानीय तहका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको तिला गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताए । तिला गाउँपालिका–१ स्थित सीता माध्यमिक विद्यालयमा पढाइ सुरु भएकै दिनमा ७० प्रतिशतभन्दा बढी विद्यार्थी उपस्थिति रहेको थियो ।

cura insider

नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गरिएको सो विद्यालयले जनाएको छ । पालिकाभित्रका २७ वटै सामुदायिक विद्यालय माघको दोस्रो साताबाट सञ्चालनमा आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

jackson ribon