birat ribon

दुई फरार प्रतिवादी पक्राउ

Neuro
दुई फरार प्रतिवादी पक्राउ

विराटनगर / मोरङ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना मोरङ र एक जना सप्तरीका छन् । अपहरण, शरीर बन्धक तथा चोरी मुद्दामा फरार रहेका मोरङको उर्लाबारी नगरपालिका–५ का ३४ वर्षीय सुशन भनिने राजेश्व लिम्बू मङ्गलबार राति पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो । अदालतले दोषी ठहर गरेको चार वर्षपछि लिम्बू पक्राउ परेका हुन् । जिल्ला अदालत झापाले दोषी ठहर गर्दै २०७३ साल माघ ५ गते उनलाई नौ वर्ष १५ दिन कैद र ७८ हजार आठ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

cura insider

विशाल ढुङ्गेलको जाहेरीका आधारमा लिम्बू अदालतबाट दोषी ठहर भएका प्रतिवादी हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार लिम्बूलाई उर्लाबारी–४ आइतबारेबाट नियन्त्रणमा लिएर बुधबार झापा अदालतमा बुझाइएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिसकेको छ ।

त्यस्तै, सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ) को मृत्यु भएको घटनामा संलग्न २२ वर्षीय अजवुल मियाँलाई मोरङ प्रहरीले चार महिनापछि पक्राउ गरेको छ । उनी सप्तरी रूपनीका हुन् । मियाँले चलाएको लु६१प २५०२ नम्बरको मोटरसाइकलले गत असोज १७ गते मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षक ४४ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको थियो ।

दुर्घटनामा परेर घाइते बूढीगंगा–१ का तावाहाङको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनापछि फरार रहेका मियाँलाई खोजतलास गर्ने क्रममा सप्तरीस्थित उनकै घरबाट सोमबार राति पक्राउ गरिएको एसपी खड्काले बताए । उनीविरुद्ध सवारी ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान थालिएको जानकारी उनले दिए ।

jackson ribon