birat ribon

विराटनगरले पुलिसलाई हरायो

Neuro
विराटनगरले पुलिसलाई हरायो

काठमाडौँ / विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा तेस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १–० गोलले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरको जितमा पार्वती घलेले निर्णायक गोल गरिन् । उनले खेलको नवौं मिनेटमा गरेको गोल नै विराटनगरका लागि निर्णायक बन्यो ।

cura insider

जितसँगै विराटनगरले छ खेलमा दस अङ्क जोडेको छ । ऊ लिगको तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको पुलिसले छ खेलमा आठ अङ्क जोडेको छ । पुलिसको यो दोस्रो हार हो । यसअघि ऊ एपिएफसँग पराजित भएको छ ।

jackson ribon