birat ribon

प्रचण्ड–माधव समूहबाट आमहड्ताल आह्वान

Neuro
प्रचण्ड–माधव समूहबाट आमहड्ताल आह्वान

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंवैधानिक र गैरकानुनी रूपमा संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेको विरोधमा बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ ।

Padelux insider
cura insider

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरी प्रचण्ड–माधव समूहले सरकारको असंवैधानिक कदमविरुद्ध आमहड्ताल आह्वान गर्नुपरेको जनाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफूहरूले आमहड्ताल आह्वान गर्नुपरेको बताए । सरकारको प्रतिगमनकारी कदमविरुद्ध आन्दोलनरत रहेकै बेला असंवैधानिक र गैरकानुनी ढङ्गले संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफूहरू बाध्य भएको उनले स्पष्ट पारे ।

उनले भने, ‘सरकारको प्रतिगमनकारी कदमविरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपूर्ण आन्दोलनरत रहेकै बेला असंवैधानिक ढङ्गले, गैरकानुनी ढङ्गले लोकतान्त्रिक मूल्य–मान्यता र नजिरहरूलाई पूरै उपेक्षा गरेर संवैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रूपमा आह्वान गरेका हौँ ।’

प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गरे । उनले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा विप्लव समूहसँग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उनले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रूपमा नलिएको प्रतिक्रिया दिए । ‘हामी विप्लवसँग वार्ता गर्ने, शान्तिपूर्ण रूपमा राजनीतिक समस्याको समाधान गर्ने प्रक्रिया कहीँकतैबाट हुन्छ भने त्यसलाई सधैँ स्वागत गर्छौं । सकारात्मक रूपमा लिन्छाँै, उनले भने, ‘तर यो नाटक हो । यो सदासयतापूर्वक गरेको इमान्दार पहलकदमी होइन भन्ने हाम्रो ठहर छ ।’

कार्यक्रममा देशव्यापी आमहड्तालबारे नेतृ पम्पा भुसालले जानकारी गराएकी थिइन् । उनले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधीलगायत अत्यावश्यक सेवाहरू सुचारु हुने स्पष्ट पारिन् । यसअघि २२ गतेका लागि तय भएको युवा र्याली कार्यक्रम माघ २८ गतेपछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

jackson ribon