काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् ।
बुधबार बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहिर्गमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका हुन् ।
उनले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए–नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचनासमेत गरे । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्धका कमान्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराए ।
अध्यक्ष प्रचण्डले आफू पहिलोपल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि उक्त निर्णय लुकाइएको बताए । उनले जनयुद्धका घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले सबै बहिर्गमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राखे । केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रहसमेत गरे ।