birat ribon

स्वामी ओमको निधन

Neuro
स्वामी ओमको निधन

विराटनगर / भारतीय रियालिटी शो बिग बस सिजन १० का प्रतिस्पर्धी स्वामी ओमको निधन भएको छ । उनको गाजियावादस्थित आफ्नो घरमा निधन भएको भारतीय मिडियामा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार स्वामी ओम केही समयदेखि बिरामी थिए । बुधबार पक्षाघातका कारण उनको निधन भएको हो ।

Padelux insider
cura insider

स्वामी ओम भारतीय रियालिटी शो बिग बस सिजन १० का एक विवादित प्रतिस्पर्धी हुन् । उनले बिग बसमा आएपछि धेरै चर्चा पाएका थिए । आफूलाई भगवानको रुप मान्ने स्वामी ओमको अन्त्येष्टि बुधबार नै गरिएको बताइएको छ ।

jackson ribon