birat ribon

रोनाल्डोलाई निकाल्नबाट मलाई कसैले पनि रोक्न सक्दैन : पिर्लो

Neuro
रोनाल्डोलाई निकाल्नबाट मलाई कसैले पनि रोक्न सक्दैन : पिर्लो

विराटनगर । सर्वाधिक धेरै पटकको उपाधि विजेता युभेन्टसले कोपा इटालियाको सेमिफाइनलमा अग्रता बनायो । मङ्गलबार राति सेमिफाइनलमा इन्टरलाई २–१ गोलले हराउँदै युभेन्टसले पहिलो लेगमा अग्रता बनाएको हो ।

Padelux insider
cura insider

इन्टरको मैदान सान सिरोमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए । इन्टरका लाउटारो मार्टिनेजले एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । २६औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा फर्काए ।

खेलको ३५औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । तर खेलको ७७औं मिनेमा युभेन्टसका मुख्य प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डोलाई मैदानबाहिर पठाए । आफ्नो स्थानमा अल्भारो मोरोटा मैदान प्रवेश गरेपछि रोनाल्डो रिसाएको पिर्लोले खुलाएका छन् ।

यता, पिर्लोले भने रोनाल्डोलाई आराम दिनका लागि मैदानबाहिर पठाएको बताएका छन् । ‘यस्तो प्रकारको खेलमा तपाईँ पक्कै पनि आफ्नो टिमलाई सहयोग गर्नुहुन्छ, यो सामान्य हो,’ खेलपछि उनले भने, ‘रोनाल्डोलाई मैदानबाहिर पठाउन मलाई कसैले पनि रोक्न सक्दैन । उनलाई सब्सिच्युट गर्न मलाई कुनै पनि सम्झौताले छेक्दैन ।’

‘उनलाई थाहा छ कि हाम्रा लागि उनी मुख्य खेलाडी हुन् तर उनलाई पनि आराम चाहिन्छ । उनलाई सधैँ उत्कृष्टमा रहनका लागि पनि आरामको जरुरी छ । उनले अफ्नो प्रदर्शनबाट यी कुराहरू सावित गरिसकेका छन् । उनले योभन्दा राम्रो गर्नु पनि छैन । मैले उनलाई आराम गर्नका लागि भनेको छु ।’

यस्तै रोनाल्डोले लगातार खेल खेलिरहेका कारण उनलाई आरामको जरुरी भएको पिर्लोको भनाइ छ । ‘आइतबार हामीले महत्त्वपूर्ण खेल खेल्नु छ । यो कुरा मैले उनलाई भनिसकेको छु । उनले लगातार खेल्दैआएका छन् । यसैले सानो विश्राम लिनु उनको लागि राम्रो हुनेछ,’ उनले थपे ।,

अब दोस्रो लेगको खेल ९ फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ । दुवै लेगको विजेता फाइनलमा स्थान बनाउनेछ । युभेन्टस सर्वाधिक धेरै १३ पटकको विजेता टोली हो भने इन्टर सात पटकको विजेता टोली हो ।

jackson ribon