birat ribon

दीपक मनाङेले चलचित्र निर्माण गर्ने

Neuro
दीपक मनाङेले चलचित्र निर्माण गर्ने

काठमाडौँ / विभिन्न कारणले समय–समयमा चर्चामा आइरहने गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले अब चलचित्र निर्माण गर्ने भएका छन् । उनी दीपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’मा निर्माताको रूपमा देखिएका छन् ।

Padelux insider
cura insider

चलचित्र ‘२ नम्बरी’मा मनाङेको पनि लगानी रहने चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । नेपालीले यसअघि निर्माण गरेको चलचित्र ‘पोई पर्यो काले’मा पनि दीपकको लगानी रहेको नेपालीले बताए ।

केही समयअघि फिल्मको छायाङ्कन पोखराबाट सुरु गरिएको थियो । तर, लकडाउनका कारण छायाङ्कन रोकिएको थियो । रेड वर्ड प्रोडक्सन र आरआरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘२ नम्बरी’को छायाङ्कन चैत १५ गते घान्द्रुकबाट सुरु हुने बताइएको छ ।

दुई साथीको मित्रताको कथामा बन्न लागेको फिल्ममा दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको मुख्य भूमिका रहनेछ ।

jackson ribon