birat ribon

लेजर हेयर रिमुभल प्रक्रियासँग सम्बन्धित केही भ्रम र तिनका तथ्य

Neuro
लेजर हेयर रिमुभल प्रक्रियासँग सम्बन्धित केही भ्रम र तिनका तथ्य

विराटनगर / लेजर हेयर रिमुभल (एलएचआर) प्रक्रिया शरीरका अनावश्यक कपाल (रौँ) हटाउनका प्रयोग गरिन्छ ।

Padelux insider
cura insider

एलएचआर गर्नका लागि चारदेखि छ हप्ताको अन्तरालमा छदेखि आठ सत्रहरू आवश्यक पर्छ । एलएचआर गर्नेबित्तिकै कपाल तुरुन्तै झर्दैन । तर, केही दिन वा हप्ताको अवधिमा हराउँदै जान्छ । पटक–पटक पार्लर गएर कपाल हटाउने परम्परागत विधिको तुलनामा एलएचआरले मात्र दीर्घकालीन परिणाम प्रदान गर्न सक्छ ।

१५ वर्ष वा माथि उमेरकालाई शरीरमा अनावश्यक कपाल हटाउनका लागि प्रमाणित छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र एलएचआर गर्नु पर्छ । गर्भवती, स्तनपान गराइरहेका, छाला सङ्क्रमण भएकाले एलएचआर विधि प्रयोग गर्नु हुँदैन । समाजमा एलएचआर बारेमा धेरै थाहा नभएर विभिन्न भ्रम फैलिएको पाइन्छ । यस्ता छन् एलएचआर प्रक्रियासँग सम्बन्धित केही भ्रम र तिनका तथ्य :

भ्रम : एलएचआर महिलाले मात्र गर्छन् ।
तथ्य : एलएचआर पुरुषहरूमा पनि उत्तिकै लोकप्रिय छ । दाह्री बनाउन, अण्डरआर्मस्, छाती, पेट, पछाडि र हातलगायतका क्षेत्रमा पुरुषहरूले एलएचआर रोजेका छन् ।

भ्रम : एलएचआर गर्दा दुख्छ ।
तथ्य : एलएचआर गर्दा हल्का घोचेकोजस्तो मात्र महसुस हुन्छ । यसलाई कम गराउनका लागि छाला लठ्ठ पार्ने क्रिमको प्रयोग गरिन्छ ।

भ्रम : एलएचआर गरेको पहिलो प्रक्रियामै परिणाम दिन्छ ।
तथ्य : पहिलो पटकमै केही फरक देखिए पनि परिणाम प्राप्त गर्नका लागि छदेखि आठ सेसन गर्न आवश्यक हुन्छ ।

भ्रम : एलएचआर अन्य कपाल हटाउने विधिभन्दा महँगो हुन्छ ।
तथ्य : एलएचआर गर्दा एकै समय लाग्ने पैसा महँगो लाग्न सक्छ । तर, जीवनकालभरि गरिने सैलुनको खर्चभन्दा धेरै कम हुन आउँछ ।

भ्रम : एलएचआरले क्यान्सर वा बाँझोपनको समस्या निम्त्याउन सक्छ ।
तथ्य : एलएचआरले क्यान्सर वा बाँझोपनको समस्या निम्त्याउने कुनै सम्भावना छैन ।

jackson ribon