birat ribon

‘मेस्सीका लागि एथ्लेटिकोको ढोका खुला’

Neuro
‘मेस्सीका लागि एथ्लेटिकोको ढोका खुला’

विराटनगर / बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याप नोउ बसाइ अन्त्य गर्ने चर्चा अघिल्लो समरदेखि नै चल्दैआइरहेको छ । अघिल्लो समरमा बार्सिलोना छोड्ने धारणा सार्वजनिक गरेयता नै अर्जेन्टिनी स्टार मेस्सी भित्र्याउने युरोपका शीर्ष क्लबहरूले योजना बनाइरहेको बताइन्छ ।

Padelux insider
cura insider

मेस्सी र बार्सिलोनाबीचको सम्झौता ३० जुनमा सकिँदैछ । यसै मौका छोप्दै सर्वाधिक छ पटकका बालोन डी‘ओर मेस्सी अनुबन्ध गर्न फ्रेन्च च्याम्पियन क्लब पिएसजी र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेको बताइन्छ ।

यस्तैमा अर्जेन्टिनी फवार्ड एन्जल कोरेर्राले मेस्सीका लागि एथ्लेटिको मड्रिडको ढोका खुला रहेको बताएका हुन् । राष्ट्रिय टोलीका सहकर्मी मेस्सीले बार्सिलोना छोडेमा उनका लागि प्रतिद्वन्द्वी क्लब एथ्लेटिकोमा ढोका खुला रहेको कोरेर्राको भनाइ छ ।

हालै मात्र बार्सिलोनाबाट लुइस स्वारेज अनुबन्ध गरेको एथ्लेटिको अहिले ला लिगाको दौडमा छ । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको उसले बार्सिलोनासँग दस अङ्कको अग्रता बनाएको छ । कोरेर्रा र मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट एकसाथ खेल्नेगरेका छन् ।

‘मलाई थाहा छैन कि बार्सिलोनाले किन स्वारेजलाई एथ्लेटिको आउन दियो । उनी अविश्वनीय खेलाडी हुन् र यहाँ हामीसँग उनी धेरै खुसी छन्’, कोरेर्राले टिवाइसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा भने ।

‘जसरी स्वारेजका लागि एथ्लेटिकोको ढोका खुला थियो त्यसरी नै मेस्सीका लागि पनि एथ्लेटिकोको ढोका खुला छ । म आशावादी छु कि उनी बार्सिलोनाबाट बिदा भएमा यहाँ आउनेछन् । उनी एथ्लेटिको आएमा अझ राैनकता छाउनेछ, किनकि हामी यस सिजन खुसीसाथ सक्न चाहन्छौँ,’ उनले थपे ।

सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले चार वटा च्याम्पियन्स लिग, दस वटा ला लिगा र छ पटक सुपर कपको उपाधि जितेका छन् । एक पटक फिफा द बेस्ट घोषित भएका उनले बार्सिलोनाबाट सात सय ५५ खेल खेल्दा छ सय ५० गोल र दुई सय ८४ असिस्ट गरेका छन् ।

jackson ribon