birat ribon

झाँक्रीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

Neuro
झाँक्रीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

Padelux insider
cura insider

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला सङ्घले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै पक्राउ गरी कारवाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले पक्राउ गरी कानुनबमोजिम कारवाही गर्न माग गरिएको छ । अनेम सङ्घकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारवाही गर्न माग गरिएको बताइन् ।

गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

jackson ribon