काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले काठमाडौँमा जारी राष्ट्रिय महिला लिगमा फराकिलो जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीलाई जिताउन सर्मिला थापाले पाँच गोल गर्दा सपना लामाले दुई गोल गरिन् । यस्तै कप्तान अञ्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, विमला बिक र रश्मी घिसिङले समान एक–एक गोल गरिन् ।
जितसँगै दोस्रो स्थानको आर्मीले छ खेलमा १३ अङ्क जोडेको छ । उसले शीर्ष स्थानाको एपिएफसँग अङ्कदूरी घटाएको छ । एपिएफले छ खेलमा १८ अङ्क जोडेको छ ।
चौदण्डी भने अङ्कविहीन रहँदै तालिकाको पुछारमा छ । उसको यो लगातार छैटौं हार हो ।