birat ribon

ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

Neuro
ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

काठमाडौँ/ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैङ्कमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैङ्कमा भुक्तानी पठाइदिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

cura insider

ट्राफिक जरिवाना इसेवाबाट भुक्तानी गर्न सकिनेछ । इसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्दा धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमताअनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

jackson ribon