birat ribon

विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ

Neuro
विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ

विराटनगर / विराटनगरबाट प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई बुधबार नियन्त्रणमा लिएको छ । झापाको दमक नगरपालिका–९ का ३१ वर्षीय अजय बयलकोटीलाई प्रहरीले पाँच सय दरका भारतीय नोटसहित पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार भारतबाट आउँदै गरेको अवस्थामा बयलकोटीलाई विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ गरिएको हो । मटेरुवा नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

cura insider

उनको साथबाट पाँच सय दरका दुई सय आठ थान भारतीय नोट बरामद भएको छ । उनका अनुसार बरामद भएको भारतीय रकम नेपाली एक लाख ६६ हजार चार सय रुपैयाँ हुन्छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा बयलकोटीको साथबाट प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ ।

नेपालमा पाँच सय दरमाथिका भारतीय नोट प्रतिबन्धित छ । प्रहरीले बयलकोटीलाई आवश्यक कारबाहीका लागि बुधबार नै विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । उनले ल्याएको भारतीय नोटको स्रोत पनि नखुलेको प्रहरीले जनाएको छ ।

jackson ribon