birat ribon

मुस्लिम समुदायको हकहित र अधिकारका लागि काम गर्छु : समिम अन्सारी

Neuro
मुस्लिम समुदायको हकहित र अधिकारका लागि काम गर्छु : समिम अन्सारी

विराटनगर/राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामूहिक रुपले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Padelux insider
cura insider

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पूरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । लामो समयदेखि मुस्लिम समुदायको हकहितका निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उनले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताए ।

बुधबार विभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समूहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

jackson ribon