birat ribon

फ्रान्समा पनि एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा माथिकालाई नदिइने

Neuro
फ्रान्समा पनि एस्ट्राजेनेकाको खोप ६५ वर्षभन्दा माथिकालाई नदिइने

विराटनगर/फ्रान्समा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले विकास गरेको कोभिड १९ विरूद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसलाई नदिन सिफारिस गरिएको छ ।

Padelux insider
cura insider

फ्रान्सेली स्वास्थ्य प्राधिकरणले ६५ वर्षभन्दा कम उमेर समूहकालाई मात्र खोप दिइनुपर्ने जनाएको हो । फ्रान्सेली स्वास्थ्य प्राधिकरणका अनुसार जेष्ठ मानिसमा खोपको प्रभावकारिताबारे आवश्यक पर्ने तथ्याङ्क अपर्याप्त छ । यी डाटाहरू आउन केही हप्ता लाग्न सक्ने हुँदा खोपको प्रयोग ६५ वर्षभन्दा कम उमेरका लागि सिफारिस गरिएको बताइएको छ ।

फ्रान्समा स्वास्थ्यकर्मी तथा ५५ देखि ६५ वर्षबीचका कमजोर व्यक्तिहरूका लागि खोप सिफारिस गरिएको छ । यसअघि जर्मनी र अस्ट्रियामा पनि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेकाले विकास गरेको कोभिड १९ विरूद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसलाई नदिन सिफारिस गरिएको थियो ।

jackson ribon