birat ribon

रुसको स्पुतनिक खोप ९२ प्रतिशत प्रभावकारी

Neuro
रुसको स्पुतनिक खोप ९२ प्रतिशत प्रभावकारी

विराटनगर / रुसको स्पुतनिक पाँचौँ खोपले कोभिडविरुद्ध ९२ प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको छ ।

Padelux insider
cura insider

स्पुतनिक पाँचौँ कोभिड १९ विरुद्ध आपतकालीन प्रयोगको अनुमति पाउने पहिलो भ्याक्सिन हो । अन्तिम चरणको ट्रायलमा यो भ्याक्सिन ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको हो । लान्सेट जर्नलमा प्रकाशित खोपको अन्तिम चरणको ट्रायलको रिपोर्टअनुसार खोप निकै सुरक्षित छ र यसले अस्पताल भर्ना हुन र मृत्युदर रोक्न पनि पूर्ण सुरक्षा दिनेछ ।

अन्तिम परीक्षण डाटा सार्वजनिक हुनअघि नै प्रयोगमा आएको हुनाले यसअघि उक्त खोपलाई लिएर केही विवादसमेत भएको थियो । फाइजर, मोर्डना, अक्सफोर्ड–एस्ट्रेजेनेका र जान्सेनको खोप जसरी नै स्पुतनिक पाँचौँ खोपले काम गर्ने बताइएको छ । तर, अन्य खोपजस्तो नभई, स्पुतनिक खोपले पहिलो र दोस्रो डोजका लागि खोपको दुई थोरै फरक संस्करण प्रयोग गर्छ ।

पहिलो डोज दिएको २१ दिनको अन्तरालमा खोपको दोस्रो डोज दिइन्छ । खोपलाई दुईदेखि आठ डिग्री तापक्रममा राख्न सकिने हँुदा यो खोप वितरण र भण्डारण गर्न सहज हुने देखिन्छ । प्रभावकारी भएको प्रमाणित भएसँगै परीक्षणको क्रममा खोपसँग जोडिएको कुनै गम्भीर प्रतिक्रिया देखिएको छैन ।

खोप लगाएपछि केही साइड इफेक्ट देखिन्छन् र यी सामान्यतया हल्का हुन्छन्, जसमा खोप लगाएको ठाउँमा दुखाइ, थकान र ज्वरो समावेश गरिएको छ । स्पुतनिक खोप रुसबाहेक अर्जेन्टिना, प्यालेस्टाइन, भेनेजुुयला, युएई, हङ्गेरी, इरानलगायत देशमा पनि प्रयोग भइरहेको छ ।

jackson ribon