birat ribon

खिन्न जनताबीच नेताका तमासा

Neuro
खिन्न जनताबीच नेताका तमासा
सानु शाही पुलामी

गर्न चाहे के हुन्न भन्ने नेपाली भनाइ चरितार्थ भएको छ । आखिरी जागिर खानु थियो भने थुप्रै विधा र क्षेत्रहरू थिए । पैसा नै कमाउनु थियो भने विभिन्न उद्योगधन्दाहरू खोले हुन्थ्यो । जहाज चढेर विदेश गए पनि हुुन्थ्यो । तर सेवाको परिभाषामाथि नै प्रश्नचिह्न उठाउने अवस्था सिर्जना हुने गरी राजनीति नै किन गर्नुपर्‍यो ?

Padelux insider
cura insider

राजनीतिको खोलभित्र जागिर खाने, व्यापार गर्ने, अझ दुई नम्बरी धन्दा गर्ने, इज्जत इमान सबै बेच्ने, छोराछोरी, श्रीमती, आमा जे–जे बिक्छन् सबै–सबै ।

आज धरै मान्छेले निःशुल्क गाडी चढेर राजधानी पुगे । खाने बस्ने सबै व्यवस्था मिलाइएको थियो । यत्रो ठूलो मन भएको धन पनि भएको मनकारी तथा धनकारी तर लाजघिन र सरम नभएका हाम्रा नेताज्यूहरूलाई एउटा प्रश्न लकडाउनको बेलामा जनता २५ दिन लगाएर सिन्धुुपाल्चोकबाट कन्चनपुर जाँदा तपाईंले यातायातको कस्तो व्यवस्था गर्नुभयो ? जनता खान नपाएर भोकभोकै बाटामा अलपत्र पर्दा तपाईंहरूले के खुवाउनुभयो ? तर आज तपाईंको भाग खोसिँदा जनतालाई मासुभातको व्यवस्था गर्न तपाईंलाई लाज लागेन ? तपाईंलाई परेको बेलाचाहिँ जनता सडक ओर्लनपर्ने ?

अहिलेको लडाइँ न त भ्रष्टचारविरुद्ध हो न त देश विकासका लागि गरिएको लडाइँ हो, न कि कोरोना नियन्त्रण निवारणका लागि खोप व्यवस्थापनको लडाइँ हो । उचित शिक्षा र स्वास्थ्यका लागि गरिएको लडाइँ पनि यो हैन । यो त केवल आफ्नो खोसिएको भाग फिर्ता गराउन गरिएको ‘प्रोपोगाण्डा’ हो । तर जनताको चेत अझै खुलेको छैन ।

संविधानको पासो थापेर दुई दशक राजनीति गरे । जसोतसोे संविधान लेखियो । आफूहरूले देखेजस्तै तीन तहको सरकार बन्यो । कोही मेयर भए, कोही सांसद भए, कोही मन्त्री, कोही राष्ट्रपति भए । आफन्त इष्टमित्र, आसेपासे सबै उच्च पदमा पुगे । देश र जनताका लागि यो–यो गरौँ भनेर कुनै छलफल भएन । सबै आ–आफ्नो काममा व्यस्त भए । जनताका लागि सोच्ने फुर्सद भएन । के चाहिँ भयो भने पदखोरहरूको बीचमा पदको बार्गेनिङ भयो । मिलेमतोमा सरकार बन्यो । दुई अध्यक्षमध्ये एक जनाले प्रधानमन्त्रीमा जागिर पाए । एउटा अध्यक्ष बेरोजगार भए । उत्तरपन्थी अर्थात् वामपन्थी र दक्षिणपन्थी ।

बीचमा मित लगाउने काम भयो । यो भइरहँदा एउटा उखान याद आयो ‘मीठोको लोभले जुठो खाने ।’ यहाँ यस्तै भयो । कतै मतपत्र च्यात्ने, कतै मतगणणा हुँदै गर्दा बत्ती निभाउने, कतै बुथ कब्जा गर्नेजस्ता सबै उपाय लगाएर सत्ता आफ्नो हातमा पारे । आफ्ना छोराछोरी, बुहारी, ज्वाइँ, श्रीमती सबैलाई पद दिलाइयो । यतिले पनि नपुगेर आफ्नै लागि पदको मोलमोलाइ हुन थाल्यो । दुई तीन वर्ष यसैमा बित्यो ।

आज धरै मान्छेले निःशुल्क गाडी चढेर राजधानी पुगे । खाने बस्ने सबै व्यवस्था मिलाइएको थियो । यत्रो ठूलो मन भएको धन पनि भएको मनकारी तथा धनकारी तर लाजघिन र सरम नभएका हाम्रा नेताज्यूहरूलाई एउटा प्रश्न लकडाउनको बेलामा जनता २५ दिन लगाएर सिन्धुुपाल्चोकबाट कन्चनपुर जाँदा तपाईंले यातायातको कस्तो व्यवस्था गर्नुभयो ? जनता खान नपाएर भोकभोकै बाटामा अलपत्र पर्दा तपाईंहरूले के खुवाउनुभयो ? तर आज तपाईंको भाग खोसिँदा जनतालाई मासुभातको व्यवस्था गर्न तपाईंलाई लाज लागेन ?

यो पदको मोलमोलाइले राजनीति धमिलियो । धमिलो पानीमा माछा मार्न बानी परेकालाई झन् सजिलो भयो । प्रधानमन्त्रीले यही मौकामा २०७७ पुस ५ गते संसद् भंग गरिदिए । त्यसपछि हामी एउटै हौँ अबदेखि हामी सँगै बाँच्ने र सँगै मर्नेछौँ भनेर कसम खानेहरू दुई धार भए । एकले अर्कालाई सुुन्नै नसक्ने गरी गालीगलौज गरेका छन । एकले अर्काको पोल खोलाखोल गरेका छन् । अर्काको कट्टु तान्दा आफ्नै कट्टु खुस्किएको पत्तो पाएका छैनन् ।

एउटाले अर्काको विरोध गरेका छन् । लाग्छ कि यहाँ कोरोना महामारीको यो पीडामा अन्त्यहीन दोहोरी प्रतियोगिता भएको छ । कोरोनाले मेला महोत्सव बन्द भए पनि राजनीतिक घम्साघम्सीको दोहोरी चलेको छ । जनताबाट लुकेका कतिपय गोप्य कुरा पनि बाहिर आउने काम भएको छ । केही दिन यस्तै राजनीतिक घम्साघम्सी भइराख्यो भने के थाहा भोलि दरबार हत्याकाण्डको पनि पोल खुल्ने पो हो कि ?

कहिलेकाहीँ त जे हुन्छ राम्राकै लागि हुन्छ भन्ने भनाइ चरितार्थ हुन सक्छ । अहिले एकले अर्कालाई जेल हाल्छु भनेर कोही सदनबाट त कोही सडकबाट कुर्लिरहेका छन् । एउटा ‘लाखौँ मान्छे सडकमा उतारेँ’ भन्दै छ अर्को ‘यो त केही पनि हैन २३ गते हेर्नुहोस् के हो जनलहर भनेको कस्तो हुन्छ’ भन्दै छ । जनता पनि थाकेका छैनन् ।

अरू बेला जनताको कुनै मूल्य नभए पनि चुनाव र आन्दोलनका बेला जनताको मूल्य अहिले सुनको मूल्यझैँ अक्कासिन्छ । त्यतिबेला जनता जनार्दन हुन्छन् । जता जतिसुकै बेला भेटिए पनि उसले सलामी पाउँछ । चुनाव र आन्दोनको बेला जनता पुजनीय बन्छन् । अब अहिले जनताको मूल्यवृद्धि भएको छ त्यसैले जनताले यो बेला भाउ खोज्न सक्नुपर्छ ।

समयमा मान्छे चिन्न नसक्दा पछुताउनु परेको छ । सधैँ जनता भेडा हुन् भन्ने उपनाम धारण गर्नुपरेको छ ।

‘लोभ र लालचको कुुनै पनि सीमा हुँदैन । लोभ र लालच त्याग्न सकिएन भने कसैलाई पनि केहीले पुग्दैन तर यसलाई त्याग्न सक्यौँ भने सबैलाई पुग्छ’ भन्ने महात्मा गान्धीको भनाइ वास्तवमा साँचो हो । लोभ मानिसको शत्रु हो । विश्वमा जति पनि ठूलासाना काण्डहरू भएका छन् यी सबै लोभका कारण घटेका हुन् । विश्वयुद्धदेखि लिएर घरझगडा सबै लोभकै कारण भएका छन् । अहिलेको गर्मागर्मी पनि लोभकै कारण सिर्जना भएको हो । कोही छाड्नै नसक्ने कसैलाई नभई नहुने । भागबन्डा नमिल्दाको परिणाम हो । यो बुझेर पनि बुझ पचाउने हामी नेपाली देख्दा दया र माया दुवै लागेर आउँछ ।

धेरैपटक धोका खाएर पनि चेतनाको घैँटोको बिर्को किन नखुलेको हो अचम्म लाग्छ । जनताले धेरैपटक धोका पाइसकेका छन् । जनयुद्ध लड्ने बेलाका प्रतिबद्धता कता हराए ? २०६२/६३ का आन्दोलनका प्रतिबद्धता कता कुहिए ? ल मानौँ यो त अलि पुरानो भयो । निमुखा र सोझा जनताले बिर्सिए होलान् । तर मात्रै २ वर्ष अगाडिको प्रतिबद्धता त पक्कै बिर्सेका छैन् । तत्कालीन माओवादी र नेकपा एमालेबीच पाटी पुनर्गठन हुँदा तीन करोड नेपाली जनता र खर्बौं विदेशीका अगाडि खाएका वाचाकसम यति छिट्टै त कसरी बिर्सन सकिन्छ र ?

त्यतिबेला दुई कम्रेडहरूले दुई मुटु एक धड्कन । दुई जिब्रो एक बोली, चार हात एक ताली, चार आँखा एउटै दृष्टि, चार गोडा एउटै ताल भन्दै एउटै मञ्च, एउटै माइक र एउटै टेबलमा बसेर कसम खाएको सम्झना आज पनि ताजै छ । अनि हामी जनतामा पनि अलिकति आशाको दियो बलेको थियो ।

मैले पनि धेरै भाइबहिनीहरूलाई विदेशविदेश मात्रै नभन अब नेपालमै रोजगारीका ढोकाहरू खुल्छन् । देशमा ५ वर्षको स्थायी सरकार बन्यो भनेकी थिएँ । अहिले ती भाइ–बहिनीले सोधे के जवाफ दिने ?

अब देशमा सुशासन अमनचैन हुन्छ, लुटपाट चोरी डकैती, हत्या, हिंसा, बलात्कार, भ्रष्टचार आदिको अन्त्य हुन्छ । रोजगारका ढोकाहरू खुल्छन् । युवाहरूले अब अर्काको भूमिमा रगत र पसिना बगाउनु पर्दैन आदिआदि भन्दै कल्पनाको घर निर्माण गरेका थिए जनताले ।

जुन सपना आज तासको घरझैँ भत्किएको छ । केही दिनअघि मात्रै मलेसियाबाट एकै दिनमा १८ जना युवा बाकसमा फर्किए । यो घटनाले कुन आमाबाको मन थामियो होला ? आफ्नै देशमा रोजीरोटीको व्यवस्था भएको भए आज पक्कै एउटी आमाको कोख रित्तिने थिएन, एउटी नारीको सिउँदो पुछिने थिएन अनि लालाबालाले टुहुरो हुन पर्ने थिएन होला !

यस्तो विषम अवस्थामा चाहिँ चुइँक्क नबोल्ने अनि आफ्नो भाग खोसिँदा चाहिँ कोकोहोलो हालेर रूँदै हिँड्ने ? अनि फेरि जनतालाई भेडा बनाएर जनताकै बुई चढ्नुपर्ने ? कति दिनसम्म जनता भेडा बनिरहने हो ? अब त गम्भीर भएर सोच्ने बेला आएको छ । कि कसो ?

jackson ribon